
जनकपुर । १५ दिने मिथिला मध्यमा परिक्रमा आज बिहीबार सम्पन्न हुँदैछ ।
बिहीबार साँझ जनकपुरधामको अन्तगृह परिक्रमा गर्दै विधिवत रुपमा सम्पन्न हुने मिथिला बिहारी मठले जनाएको छ ।
फागुन शुक्ल प्रतिपदादेखि सुरू भई फागुन पूर्णिमासम्म गरिने यो परिक्रमामा भक्तजनहरुले नेपाल भारतका विभिन्न १५ स्थानको १५ दिनसम्म पैदल हिंड्ने गर्छन् । यो परिक्रमा गर्नाले मनले चिताएको प्राप्त हुने जनविश्वास छ ।
परिक्रममा नेपाल भारतका विभिन्न मठ मन्दिरमा डोलासहित भक्तजनहरुको सहभागिता रहने गरेको छ । परिक्रमामा सहभागीहरुले १५ दिनका लागि चाहिने खाद्यान्नलगायतका सामग्री आफै लिएर हिंड्ने गर्छन ।
हरेक वर्ष हुने परिक्रमामा नेपालतर्फ १ सय ५ र भारतमा २८ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पूरा गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्