२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘सेना विकास निर्माण र व्यवसायतिर बढी लाग्दा उद्देश्यमा विचलन आउनसक्छ’


0
Shares

काठमाडौं, साउन २४ । कायममुकायम प्रधानसेनापतिकारुपमा पूर्णचन्द्र थापाले बिहीबारदेखि नेपाली सेनाको कमान्ड सम्हालेका छन् ।

थापाले आगामी भदौ २३ गतेदेखि नेपाली सेनाको ४३औं प्रधानसेनापतिका पूर्ण जिम्मेदारी सम्हाल्नेछन् ।

थापाकासामु चुनौती र अवसर दुवै रहेको विश्लेषण गरिएको छ ।

नेपाली सेनाका पूर्वसहायक रथी डा.उमेश भट्टराईले बिहीबार हामीसँगको कुराकानीमा नेपाली सेनालाई विशुद्ध व्यावसायिक र युवाको आकर्षणको केन्द्र बनाउनु आजको चुनौती रहेको बताए ।

सेना विकास निर्माण र व्यवसायतिर बढी लाग्दा यसको उद्देश्यमा विचलन आउनसक्ने उनको आशंका पनि रहेको छ ।

नेपाली सेनाप्रति जनताको विश्वास रहेकाले यसलाई पारदर्शी र भ्रष्टाचरमुक्त बनाइ सेनाको छवि सुधार्नका लागि ठूलो अवसर भएको उनको विश्लेषण रहेको छ ।