
नुवाकोट, चैत १ । सवारीचालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यवसायीले सेवा अवरुद्ध बनाएका छन् ।
गत फागुन २७ गते काठमाडौंको माछापोखरीमा पार्किङको विषयमा प्रहरीसँग भएको विवादमा पक्राउ परेका तीनजना सवारीचालकलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै व्यवसायीले शनिबार बिहानैदेखि सेवा अवरुद्ध गराएका हुन् ।
पक्राउ पर्नेमा ईश्वर बोगटी, रामशरण श्रेष्ठ र समिर लामा रहेका छन् ।
उनीहरुमाथि ‘झुटा मुद्दा’ लगाएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्नुपर्ने व्यवसायीको माग छ ।
अकस्मात् गरिएको यातायात सेवा अवरुद्धले यात्रीहरु भने समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्