Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


यु–१९ एकदिवसीय शृंखला र एसिया कपका लागि नेपाली खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट


0
Shares

काठमाडौं, साउन २४ । भारतमा हुने यु–१९ एकदिवसीय क्रिकेट शृंखला र बंगलादेशमा हुने एसीसी एसिया कपका लागि नेपाली टोलीका खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट गरिने भएको छ ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी खुला प्रतिस्पर्धामार्फत् पनि खेलाडी छनोट गर्न लागिएको जानकारी दिए ।

यही साउन २८, २९ र ३० गते तीन दिनसम्म काठमाडौंस्थित रातोपुलमा रहेको भेलोसिटी एरिनामा खुला छनोट हुने उनले जानकारी दिए ।

खुला छनोटबाट आएका ९ जना खेलाडीले यु–१९ टिममा स्थान बनाउने दासले बताए ।

खुला छनोटबाट छानिएका ९ जना, प्रत्येक प्रदेशबाट तीन/तीनजना गरी २१ जना, यु–१६ राष्ट्रिय टिमका १४ खेलाडीसहितको क्याम्पबाट १२ जना छनोट हुने प्रशिक्षक दासले बताए ।

प्रशिक्षक दासकाअनुसार क्याम्पमा यु–१९ राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई समावेश गरिने छैन ।