२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अल्लोको मास्क बनाउन सुरु


0
Shares

दाङ, चैत १ । बजारमा मास्कको अभाव भएपछि दाङमा अल्लोको मास्क बनाउन थालिएको छ ।

घोराहीमा रहेको दाङ कोसेली घरले अल्लोको पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको हो ।

कोसेली घरमा अल्लोबाट विभिन्न सामग्रीहरु उत्पादन हुँदै आएकोमा ‘कोरोना’को त्रास बढेर बजारमा मास्कको अभाव भएपछि अल्लोको मास्क बनाउन थालेको सञ्चालक प्रेमकुमारी पुनले बताइन् ।

अल्लोको मास्क बजारमा बिक्री सुरु भइसकेको छ । यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी लामो समयसम्म प्रयोग गर्न सकिने उत्पादकहरुले बताएका छन् ।

डोटी, डडेल्धुराबाट अल्लो ल्याएर सामानहरु बनाउने गरेको कोसेली घरमा काम गर्दै आएकी ज्योति मगरले बताइन् ।

अल्लोको मास्कले स्थानीय माग धान्न सक्ने उत्पादकहरुले विश्वास लिएका छन् ।

अल्लो उत्पादन गर्नेहरुलाई प्राविधिक ज्ञान र तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीले बताए ।