Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


प्रभु ग्रुपको ‘वालेट अब मोबाइल’मा


0
Shares

काठमाडौं, साउन २४ । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुआत गरेको छ ।

‘वालेट अब मोबाइल’मा भन्ने नारासहित ग्रुपले मोबाइलबाटै कुनैपनि बैंक तथा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली, पानीलगायत अरु सेवाको बिल भुक्तानीलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

यस्तै, ग्रुपले आफ्ना नियमित ग्राहकहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको जनाएको छ ।