२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


कर्मचारी कार्यालयमै सुत्न थालेपछि…


3.224k
Shares


काठमाडौं । अमेरिकाको एक कार्यालयमा काम गर्ने कर्मचारी पर्याप्त तलव नभएको भन्दै कार्यालयमै सुत्न थालेका छन् ।

तलव कम भएका कारण घर भाडा तिर्न नसकेको भन्दै उनले कार्यालयलाई नै आफ्नो घर बनाएका छन् । सिमोन नामका ती व्यक्तिले आफू काम गर्ने संस्थाले पनि कम पारिश्रमिक दिएको भन्दै यो अनौठो तरिका अपनाएका हुन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आफ्नो तलब निकै कम भएको र भाडाको घरमा बस्न नुक्ने भन्दै उनले कार्यालयमै ओछ्यान बनाएका हुन् । उनी कार्यालयमा पनि आफ्नो टेबुल मुनी स्लीपिङ ब्याग ओछ्याएर सुत्ने गरेका छन् ।

उनले आफू आफ्नो ओढ्ने ओछ्याउने लिएर कार्यालयतर्फ जाँदै गरेको भिडियो टिकटक मार्फत सार्वजनिक गरेका थिए । सिमोनका अनुसार कार्यालयका अधिकांस कर्मचारी कोरोनाका कारण घरबाटै काम गरिरहेकाले कार्यालयको सबै ठाउँ खाली छ । उनले त्यसले गर्दा कार्यालयमा बस्न पनि पर्याप्त ठाउँ पाएका छन् ।

उनले आफ्नो लत्ता कपडा,झोला, स्लिीपिङ ब्यागलाई राखेर कार्यलयको क्याविनलाई घरकै रुपमा परिणत गरेका छन् । नुहाउन र कपडा धुनका लागि कार्यालयको बाथरुम र खाना राख्नको लागि कार्यालयकै फ्रिज प्रयोग गरेका छन् । तर उनको कार्यालयले भने उनलाई त्यसो नगर्न निर्देशन दिएको छ ।

कार्यलय प्रशासनले उनलाई कार्यलयमा बनाएको भिडियो सामाजिक सञ्जालबाट हटाउन पनि आग्रह गरेको छ । सिमोनको यो भिडियो टिकटकमा १२ लाखले हेरेका छन् ।

एजेन्सीको सहयोगमा