२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नेपाल वायुसेवा निगमको उडान तालिकामा कटौती


0
Shares

काठमाडौं, फागुन ३० । नेपाल वायुसेवा निगमले ‘कोभिड १९’ का कारण यात्री संख्यामा कमी आएको भन्दै आफ्नो दैनिक उडान तालिकामा कटौती गरेको छ ।

तालिकाअनुसार दैनिक दुईओटा उडान गर्दै आएको काठमाडौं–दिल्ली–काठमाडौं उडान मार्च १५ देखि लागू हुनेगरी एउटामात्र गरिनेछ ।

अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ ।

यसैगरी, बैंगलोरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको निगमले जनाएको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको निगमले जनाएको छ ।

काठमाडौं–दोहाबीचको उडान फागुन २७ गतेदेखि नै निगमले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ ।

उपरोक्त उडानका टिकट खरिद गरेका यात्रीहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने र टिकटको उडानको मिति एकपटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था निगमले गरेको छ ।