२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


आहा ! रारा गोल्डकपको उपाधिका लागि शनिबार पुलिस र मनाङ भिड्दै


0
Shares

पोखरा, फागुन ३० । १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब भिड्दै छन् ।

पोखरा रंगशालामा शनिबार हुने खेलमा करिब १५ वर्षपछि चौथोपटक यी दुई टोली आहा ! रारा गोल्डकपमा आमने–सामने हुन लागेका हुन् ।

नेपाल पुलिस क्लब सातौंपटक उपाधि उचाल्ने दाउमा छ भने मनाङ पुलिसलाई पराजित गर्दै छैटौंपटक उपाधि जित्ने योजनामा छ ।

२०५८ सालदेखि सुरु भएको क्याराभान गोल्डकपदेखि नै नेपाल पुलिस क्लब प्रतियोगितामा नियमित सहभागी हुँदै आएको छ ।

छैटौं संस्करणमा मात्र सहभागी नभएको मनाङ–मर्स्याङ्दी क्लब प्रतियोगिताको अर्को नियमित क्लब हो ।

आहा ! रारा गोल्डकपमा नेपाल पुलिस क्लबले छपटक उपाधि उचालेको छ भने तीनपटक उपविजेता बनेको छ । मनाङले पाँचपटक उपाधि जित्दा त्यति नै पटक उपविजेतामा सीमित बनेको थियो ।

शुक्रबार पोखरा रगंशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।