काठमाडौं, साउन २४ । साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजारमा गिरावट आयो ।
यसदिन पनि सेयरबजार परिसूचक नेप्से करिब ७ अंकले झरेर ११ सय ८० विन्दुमा आइपुग्यो । कारोबार सुरु भएदेखि नेप्से निरन्तर ओरालो लाग्यो ।
यसदिन व्यापार समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । जीवनबिमा समूहमा सबैभन्दा उच्च १०२ अंकको गिरावट आयोे ।
यस्तै, निर्जीवन बिमा समूह ७० अंकले झर्यो भने जलविद्युत् र अन्य समूहमा पनि समान १६/१६ अंकको गिरावट आयो ।
बुधबारको तुलनामा यसदिन कारोबार भने केही सुधारियो ।
१६३ कम्पनीका ८ लाख ६९ हजार कित्ता सेयर १९ करोड ६९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्