
पोखरा, फागुन २९ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ–मर्स्याङ्दी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ ३–२ ले विजयी भयो ।
खेलमा मनाङको लागि अञ्जन विष्ट, बिकल राना र फ्लोरेन्टले एक/एक गोल गरे ।
पराजित टोली आर्मीका खरत खवास र दीप लामाले एक/एक गोल गरे ।
क्वार्टरफाइनलमा संकटा क्लबलाई ३–० ले हराउँदै आर्मी क्लब तथा झापा–११ लाई १–० ले स्तब्ध पार्दै मनाङ सेमिफाइनलमा पुगेको थियो ।
मनाङले अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्