पोखरा, फागुन २९ । गण्डकी प्रदेशसभाको बिहीबारको बैठक स्थगन भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो ।
प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।
सभामुखले बस्न पटक–पटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।
प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।
सभामुख अधिकारीले अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने जानकारी दिए । रासस








प्रतिक्रिया दिनुहोस्