 
	    काठमाडौं, फागुन २९ । हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई न्यूयोर्कको एक अदालतले बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर गरी २३ वर्षको जेल सजायँ सुनाएको छ ।
कुनै समय हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बलात्कार र यौन आक्रमणको अभियोगमा दोषी पाइएका थिए ।
६७ वर्षीय वाइन्स्टिन ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए । वाइन्स्टिनका वकिलहरूले उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग गरेका थिए ।
तर सरकारी अभियोजनकर्ताहरूले वाइन्स्टिनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरे ।
अदालतको पछिल्लो फैसलालाई मीटू भनिने विश्वव्यापी महिला आन्दोलनका सदस्यहरूले स्वागत गरेका छन् ।
सन् २०१७ को अक्टोबर यता धेरै महिलाहरुले वाइन्स्टिनले बलात्कार र यौन शोषण गरेको आरोप लगाउँदै आएका थिए । तर उनले आरोप अस्वीकार गर्दै आएका थिए । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्