
इलाम । चिया मजदुरहरु काम छाडेर वैकल्पिक पेशामा लाग्ने क्रम बढेको छ ।
नेपाल चिया विकास निगम नीजिकरण भएसँगै सेवा सुविधा कटौती भएको भन्दै त्यहाँ कार्यरत करिब ८० प्रतिशत मजदूरले काम छोडेका छन् ।
मजदूरहरुले श्रम ऐनले तोके बमोजिमको सेवा सुविधा पाउनु पर्ने माग गदै आन्दोलन समेत गरेका थिए ।
बगान सञ्चालकले श्रम ऐन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपनि त्यो कार्यान्वयन नभएको उनीहरुको भनाई छ ।
२०५७ सालमा कन्याम चिया बगान नीजिकरण हुँदा ४ सय ७३ जना मजदूर कार्यरत रहेकोमा अहिले यो संख्या ७२ जना मात्रै सिमित छ ।
प्रतिक्रिया दिनुहोस्