३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अमेरिकामा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध, बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण


0
Shares

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसबाट बढी प्रभावित उत्तरी न्यू रोशल क्षेत्रमा सार्वजनिक कार्यक्रमहरुमाथि प्रतिबन्ध लगाइएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवत धेरै संक्रमित क्षेत्र रहेको बताए ।

न्यूयोर्कको तुलनामा न्यू रोशलमा निकै कम जनसंख्या रहे पनि संक्रमितको संख्या धेरै भेटिएको छ ।

त्यहाँ संक्रमण नियन्त्रणको अभियानमा नेशनल गार्डका सदस्यहरू समेत परिचालन गर्ने निर्णय गरिएको छ ।

उनीहरूलाई विद्यालयलगायत सार्वजनिक स्थलहरूको सफाइ गर्ने छन् भने क्वारेन्टाइनमा रहेका निजी घरहरूमा आवश्यक खानेकुरा पुर्‍याउने जिम्मेवारी पनि दिइएको छ ।

यता बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छिन् ।

बेलायतमा करिब ४०० जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ । देशैभर कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको संख्या ६३१ पुगेको छ ।

संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने निकै कम संख्यामा मात्रै नयाँ संक्रमित भेटिएका छन् ।