३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अफगानिस्तानमा सरकार र तालिवानी आफनो नियन्त्रणमा रहेका बन्दी रिहा गर्न सहमत


0
Shares

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिवानसंगको शान्ति सम्झौतालाई निश्चिन्तता प्रदान गर्न १५ सय तालिवान बन्दी रिहा गर्न स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रपतिले जारी गरेको आदेशमा सबै बन्दीहरुलाई युद्धको मैदानमा नफर्कने लिखित ग्यारेन्टी दिनु पर्छ भनिएको छ ।

बदलामा तालिवानले पनि १ हजार सरकारी सेना छोड्न सहमत भएको छ । तालिवानसंगको सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न शुरु गरेसंगै यो निर्णय आएको हो ।

राष्ट्रपति घानीको आदेशमा १५ सय तालिवान बन्दी दिनको १ सयका दरले १५ दिन भित्र रिहा हुने उल्लेख छ ।

अफगान सरकार र तालिबानबीच वार्ता र रिहाइ समानान्तर रुपमा बताइएको छ ।

वार्तामा प्रगति भए सरकारले दुई हप्तामा ५ सय बढी तालिवान बन्दी रिहा गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्झौताको एक भागको रूपमा, तालिवानले हिंसामा निरन्तर कटौती जारी राख्नुपर्दा र अल कायदा वा अन्य कुनै कट्टरपन्थी समूहलाई उनीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा गतिविधि सञ्चालनमा रोक्नु पर्छ ।

दुबै पक्षबीच विश्वास बढाउन र दुई दशक लामो युद्ध अन्त्य गर्न प्रत्यक्ष वार्ता सुरु गर्ने उद्देश्यले बन्दी रिहाइ अघि बढाइएको हो ।

तालिबानले आफुले मुक्त गर्न चाहेका बन्दीहरूको पेश गरेको सूचीमा बन्दीको रिहाई मात्र स्वीकार गर्ने जनाएको छ ।

तर राष्ट्रपतिले जारी गरेको आदेश अनुसार सरकारले तालिवान बन्दीहरूलाई उनीहरूको उमेर, स्वास्थ्य स्थिति र बाँकी जेल अवधिको आधारमा रिहा गर्नेछ ।

राष्ट्रपति घानीले यस अघि तालिवानसँग अमेरिकाले गरेको सम्झौताको एक भागका रूपमा तालिवान बन्दीहरूलाई रिहा गर्न अस्वीकार गरेका थिए ।