
एजेन्सी । जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको दोस्रो लेगको खेलमा इंग्लण्डको टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै लेप्जीग क्वाटरफाईनलमा पुगेको हो ।
पहिलो लेगमा १–० ले विजयी भएको लेप्जीगले समग्रमा ४–० को परिणाम निकाल्यो ।
गएराती भएको अर्को खेलमा स्पेनको भ्यालेन्सीयालाई ४–३ ले हराउँदै इटालीको एटलान्टा पनि क्वाटरफाईनलमा प्रवेश गर्यो ।
एटलान्टाका लागि सबै चार गोल स्लोभेनियाका खेलाडी जोसिप इलीसीचले गरे । पहिलो लेगमा ४–१ ले विजयी भएको एटलान्टाले एग्रिगेटमा ८–४ को फराकिलो जित हात पार्यो ।
युएफा च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज इंग्लण्डको लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्