२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सुनको मूल्यमा फेरि ऐतिहासिक रेकर्ड


0
Shares

काठमाडौं, फागुन २७ । शुक्रबारदेखि स्थीर रहेको सुनको भाउमा मंगलबार पुनः वृद्धि आइ उचाइको नयाँ रेकर्ड कायम भयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० ले बढेर तोलाको ८२ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो ।

‘कोरोनाभाइरस’ संक्रमणको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको विश्लेषण गरिँदै आएको छ ।

सुन शुक्रबार तोलामा १८ सयले बढेर ८२ हजार ५०० मा कारोबार भएयता सोमबारसम्म यही मूल्यमा स्थीर रहेको थियो ।

यसदिन चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको ८८० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंन्स १६ सय ६० डलर हाराहारीमा कारोबार भइरहको थियो ।