२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेप्सेमा फेरि ‘नेगेटिभ सर्किट’, नेप्से ८६ अंकले ओरालो लागेर १३ सय ४९ मा


0
Shares

काठमाडौं, फागुन २७ । मंगलबार सेयरबजारमा उच्च अंकको गिरावट आयो । एकैदिन ८६ अंकको गिरावट आयो ।

दुई घन्टामै नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै स्थगित भयो । जम्मा दुई घन्टा कारोबार हुँदा कारोबार परिमाण पनि अर्ब रुपैयाँमै खुम्चियो ।

नेप्से ८६ अंकले झरेर १३ सय ४९ मा आइ थामियो ।

यसदिन कारोबार भएका सबै समूहमा उल्लेख्य गिरावट आयो । यसअघि, फागुन १९ गते पनि ‘नेगेटिभ सर्किट’ लागेको थियो ।

यसदिन जीवन बिमा समूह सबैभन्दा उच्च ७६२ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूह पनि ३६२ अंकले झर्‍यो ।

यस्तै, उत्पादनमूलक समूह १२६ अंक अनि होटल समूहमा पनि १२० अंकको गिरावट आयो । लघुवित्त समूह १०२ अंकले ओर्लिंदा वाणिज्य बैंक समूह पनि ८६ अंकले झर्‍यो ।

यसदिन, नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको २७ लाख ३५ हजार कित्ता सेयर जम्मा एक अर्ब ७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।