२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


आर्मी आहा ! रारा गोल्डकपको अन्तिम चारमा


0
Shares

पोखरा, फागुन २७ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन प्रतिस्पर्धी संकटा क्लबलाई ३–० ले सहजै पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि सुदील राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक/एक गोल गरे ।

पहिलो गोलका लागि पाससमेत दिएका नवयुग खेलेको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

सेमिफाइनल समीकरण 

यो खेलसँगै सेमिफाइनल समीकरणसमेत पूरा भएको छ ।

आर्मीले दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

बुधबार हुने पहिलो सेमिफाइनलमा साविक विजेता थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

सहारा क्लब पोखराको आयोजनामा जारी १० टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।