 
	    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरसको उद्गमस्थल वुहान पुगेका छन् ।
कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानी बुहानबाट कोरोनाको संक्रमण सुरु भएको थियो ।
कोरोनाको संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुगेका हुन् । उनले वुहानमा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्