
धनकुटा । हिउँद लागेसँगै र्याफ्टीङको सिजन सुरु भए पनि धनकुटामा यो वर्ष र्याफ्टीङ खासै हुन सकेको छैन ।
यो वर्ष जाडो लम्बिएका कारण अहिलेसम्म र्याफ्टीङ हुन नसकेको हो ।
तमोर नदीमा मुलघाटदेखि चतारासम्मको ३४ किलोमिटरमा अहिले पूर्वका तीन कम्पनीले र्याफ्टिङ गराउँदै आएका छन् ।
गतवर्ष चैत्र महिना अघि ३ कम्पनीले एक सयभन्दा बढी टोलीलाई र्याफ्टीङ गराइसकेका थिए ।
तर यो वर्ष फाट्टफुुट्ट बाहेक हुन नसकेको सेतु एड्भेन्चर प्रालीका सञ्चालक सेतु सिलुवालले जानकारी दिए ।
धनकुटाको मुलघाटदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाईलो हुने गरेको छ ।
माइनस ४ डिग्रीसम्मको ‘र्यापिट’ भएकाले यो मस्र्याङदी र भोटेकोशी पछिको उत्कृष्ट मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्