५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


ज्याठामा भेटियो पुरानो ऐतिहासिक संरचना


5.135k
Shares

काठमाडौं । करिब ३ सय ५३ वर्ष पुरानो ऐतिहासिक महत्वको काठमाडौं ज्याठामा रहेको ‘लाक्षी’ खुला सार्वजनिक जग्गामा पुरातात्विक र ऐतिहासिक महत्वका संरचना फेला परेको छ ।

पुरातत्व विभागले गरेको उत्खननका क्रममा पुराना ईट्टासहितको संरचना फेला परेको हो ।

प्रारम्भिक उत्खननमा श्री ३ जुद्ध लेखिएको पुरानो ईट्टा पाइएको र अन्य संरचना मल्लकालीन हुन सक्ने जनाइएको छ । विस्तृत अनुसन्धान हुन बाँकी नै छ । तर प्राप्त संरचना पुरातात्विक र ऐतिहासिक महत्वको भएको र संरक्षण गर्न आवश्यक रहेको विभागले जनाएको छ ।

सो जग्गामा काठमाडौं महानगर वडा नं २७ ले आफनो कार्यालयसहित व्यापारीक भवन बनाउन लागेपछि स्थानीय र अभियन्ताहरुको निवेदनमा विभागले अध्ययन अनुसन्धानका लागि उत्खनन् थालेको हो ।

नेपाल सम्बत् ७ सय ८८ को शिलापत्रमा ध्वखाबहालका गुणज्योति बज्राचार्यले महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्ने गरी सत्तल निमार्ण गरेको र सँगै खुला सार्वजनिक जग्गा संकल्प गरेर राखेको प्रमाण विहार भित्रै सुरक्षित रहेको छ ।