उदयपुर, फागुन २६ । प्राकृतिकरुपमा सुन्दरताले भरिपूर्ण उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका आर्थिकरुपमा भने थला परेको छ ।
सुन्दर हिमाल, नदीनाला र प्राकृतिक वनस्पतिले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरे पनि यहाँको जनजीवन भने कस्टकर र कहालीलाग्दो रहेको छ ।
लिम्चुङ्बुङ गाउँपालिकाले कृषि कार्यक्रमअन्तर्गत् एक करोड विनियोजन गरे पनि वास्तविक किसानसम्म नपुगेको किसानहरुको गुनासो छ ।
फलफूल तथा नगदेबाली र पशुपालनको लागि उपयुक्त भू–बनोट भएपनि त्यसप्रति किसानलाई आकर्षण जगाउन सकिएको छैन । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेका छन् ।
नगदेबाली र फलफूल सुन्तला, कागती, एभोकाडो, किवी, अलैंची, बेसार, अदुवा, अम्रिसोका लागि उपयुक्त माटो तथा हावापानी भएपनि यहाँका अधिकांश परिवार विदेशी रेमिटान्सको भरमा चलेका छन् ।
अध्यक्ष मेजरकुमार राईले भने आगामी दुई वर्षमा लिम्चुङ्बुङलाई कृषिमा आत्मनिर्भर बनाउने योजना रहेको दाबी गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्