सुन्दरकुमार थकाली (इमेज)
मुस्ताङ, साउन २४ । मुस्ताङको पर्यटकीय गाउँ मार्फामा कालीगन्डकी नदीको भेलले स्याउबारी कटान भएको छ ।
मार्फाका स्थानीयवासीको भरपर्दो आयस्रोत मानिएको स्याउखेतीमा नदीले कटान गर्दा क्षति पुगेको हो ।
वर्षेनि फल्ने स्याउका बोटमा नदी कटानले क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
कटानका कारण करिब १० रोपनी जमिनमा क्षति पुगेको छ ।
उनीहरुले जिल्ला दैवी प्रकोप उद्धार कोष तथा विपद् व्यवस्थापन समितिलाई राहत उपलब्ध गराइदिन आग्रह गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्