२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


विश्व सम्पदा क्षेत्रमा महानगरले बनायो कंक्रिट संरचना


2.496k
Shares

काठमाडौं । विश्व सम्पदा क्षेत्रको अस्तित्व नै संकटमा पर्ने गरि काठमाडौं महानगरले बसन्तपुर डबलीमा कंक्रिट संरचना रातारात बनाएको छ ।

युनेस्को र पुरातत्त्वको मापदण्ड विपरीतका करिब ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचना निर्माण गरेको जनाएको छ । आधार संरचनामा ३५/३५ फिटको स्टीलका ८ वटा पोलहरुमा नेपालको राष्टिय झण्डा फहराउने जनाएको छ । पुरातत्त्व विभागले निर्माण कार्य रोक्न निर्देशन दिए पनि महानगरले हरियो जालीले छेकेर मध्य रातमा निर्माणकार्यलाई निरन्तरता दिई रहेकोमा स्थानीयले विरोध गरेका छन् ।

विभागले विश्वसम्पदालाई खतराको सूचीमा राख्न प्रस्ताव भइरहेको तिर सचेत गराउँदै सो निर्माण रोकेर विभाग सँग समन्वय गर्न आग्रह समेत गरेका छन् । स्थानीय र अभियन्ताले डबलीमा मापदण्ड विपरीत कंक्रिटको संरचना बनाउँदा विश्वसम्पदामा नै गम्भीर असर पुग्ने भएकोले तत्काल निर्माण कार्य रोक्नु पर्ने बताएका छन् ।

राष्टिय झण्डा ससम्मान अन्य स्थानमा राख्नु पर्ने उनीहरूको सुझाव छ । महानगरपालिकाले मापदण्ड विपरीत नभएको दाबी गरेका छन् ।