३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


पाकेट मारेकोआरोपमा भारतीय अभिनेत्री रूपा दत्त पक्राउ


2.678k
Shares

एजेन्सी । बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रूपा दत्तलाई पाकेटमारेको आरोपमा भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार भारतको पश्चिम बंगालको कोलकातामा भएको अन्तर्राष्ट्रिय पुस्तक मेलामा रुपाले पाकेटमारेको पत्ता लागेको हो । विधान नगर उत्तरी प्रहरी चौकीका अनुसार गत शनिबार एक महिलालाई फोहोरको बाल्टिनमा झोला फालेको प्रहरीले देखेको थियो । त्यसपछि प्रहरीले उनी माथि शंका गरेको थियो ।प्रहरीले शंका लागेर उनीमाथि सोधपुछ गरेपछि उनको झोला खानतलासी गरेको थियो ।

प्रहरीले रुपाको झोलामा ७५ हजार भारतीय रुपैयाँ फेला पारेको थियो । उनलाई सो रकम कहाँबाट आएको भनेर प्रहरीले सोधपुछ गरेको थियो । तर उनले त्यसको स्पष्ट जवाफ दिन सकिनन् । प्रहरीले निरन्तर सोधपुछ गर्दा उनले भीडभाडमा गएर पाकेट मार्ने गरेको स्वीकारेकी छिन् । रुपाले पाकेट मारेको भन्ने खबर बाहिरिएपछि अहिले सबैजना चकित भएका छन् । एउटा नायिकाबाट भएको यस्तो कुरा कसैले पत्याउन सकेका छैनन् ।

रूपाले यो भन्दा अगाडी फिल्म निर्देशक अनुराग कश्यपले आफुमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।
रूपा एक चर्चित बंगाली अभिनेत्री हुन् । उनले धेरै टिभी सिरियल र फिल्महरूमा अभिनय गरेकी छिन् ।

उनको साथमा एउटा डायरी नै भेटिएको छ । जसमा चोरीको सबै रकमको नोट लेखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गर्ने भएको छ ।