२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा


26
Shares

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ ।

च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो ।

खेल भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुने छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।

यस्तै, मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने छ ।