
डडेल्धुरा । डडेल्धुरा जिल्लामा एकपक्षीय रुपमा स्थानीय निर्वाचन अभियान सुरु गरेको भन्दै नेपाली कांग्रेस परशुराम नगरपालिका नेता कार्यकर्ताले कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् ।
स्थानीय निर्वाचन लक्षित चुनावी कार्यक्रम सम्पन्न गर्न केन्द्रदेखि नै प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउँदै परशुराम नगर सभापति राज बहादुर भण्डारीको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न गरी जिल्ला सभापति भिम बहादुर साउँदको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस पूर्व जिल्ला कार्य समिति उपसभापती धर्मानन्द भट्ट लगायतका ४० जना नेता कार्यकर्ताहरुले परशुराम नगर प्रमुख समेत रहेका साउँदले एकलौटी पेलेर लगेको, क्रियाशिल सदस्यतामा धाँदली गर्नुका साथै आसन्न स्थानीय निर्वाचनमा पनि पार्टीका नेताकार्यकर्ता समेटन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै प्रतिरोध गर्ने बताएका छन् ।
आफ्ना माग सम्बोधन नगरिए कांग्रेसले आगामी चैत्र ५ गते तय गरेको देशव्यापी अभियान बहिस्कार गर्ने निर्णय गरेको पनि उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्