
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गर्नुभएकाे छ ।
उहाँले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने बताउनुभएकाे हाे । अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न वस्तु आयातमा सीमा निर्धारणको व्यवस्था गरिएको दावी गर्नुभएको छ ।
काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै आज (आइतबार) मन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्नुपर्ने बताउनुभयो
राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न मातहतका अधिकारीहरुलाई उहाँको निर्देशन समेत दिनुभएकाे छ। व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो ।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईकै बीच तीन खर्ब ८ अर्ब राजस्व संकलन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्