Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


म्याग्दीका स्थानीयवासी २१ वर्षदेखि उपभोग गर्नै नमिल्ने जग्गाको कर तिर्न बाध्य


130
Shares

म्याग्दी । म्याग्दीका स्थानीयवासी विगत २१ वर्षदेखि उपभोग गर्नै नमिल्ने जग्गाको समेत कर तिर्न बाध्य भएका छन।

म्याग्दी नदीको कटानका कारण बगर बनेको म्याग्दीको बेनी नगरपालिका बगरफाँटका ३६ रोपनी जग्गाको कर स्थानीयले तिर्दै आएका छन् । वि.स.२०५७ सालदेखि निरन्तर आएको बाढीले कटान गरेर बगाएको जग्गाको स्थानीयले २१ वर्षदेखि कर तिर्दै आएका हुन् ।

जग्गाधनी पूर्जा कामयमै रहेकोेले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनुपरेको स्थानीयले बताएका छन्। पहिला खेतबारी र घर भएको ठाउँमा अहिले म्याग्दी नदी बगेको बेनी नगरपालिका-२ का ओमवहादुर थापाले बताउनुभएको छ।

स्थानीयले सो जग्गालाई सार्वजनिक जग्गामा दर्ता गरी मालपोत कर कट्टा गर्न प्रशासनलाई आग्रह गर्दे आएका छन् । यता, बगरफाँटका करिब २ सय घरधुरी म्याग्दी नदीको कटानको जोखिममा रहेका छन् ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भएपनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् ।