Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


पाल्पाको रामपुरलाई केराको पकेट क्षेत्र बनाउने


0
Shares

पाल्पा । रामपुर वडा नंं ६ मा सामुहिक व्यबसायीक केरा खेती शुरु गरिएको छ ।

जिल्लामा हुने केराको दैनिक खपतलाई स्थानीय उत्पादनबाटै पु¥याउने लक्ष्यका साथ व्यबसायिक केरा खेती शुरु गरिएको हो ।

गर्मी हावापानी, सिंचाईको सुविधा जस्ता कारणले रामपुर क्षेत्र व्यबसायिक केरा खेतीको लागी उपयुक्त रहेको छ ।

कृषकरुहले केराको बजारीकरणका लागि केरा उत्पादक समुहसमेत गठन गरेका छन् ।

बाह्य आयात विस्थापित गर्न गाउँमै केरा खेती शुरु गरेको कृषक लोकनाथ ढकाल बताउँछन् ।

केरा खेतीबाट राम्रो आम्दानी भएपछि घरमा मात्र सिमित बनेका महिलाहरु पनि व्यवासायिक केरा खेतिमा लागेका छन् ।

रामपुर नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रमअन्र्तगत वडा नं ६ लाई केराको पकेट क्षेत्र बनाउने गरी लगानी गरेको नगरपालिकाले जनाएको छ ।

रामपुर नगरका कृषि शाखाका प्रमुख रामहरी पाण्डेका अनुसार ४० जना कृषकले व्यवसायिक केरा खेती गरिरहेका छन् ।