Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


तेह्रथुमकाे छथर गाउँपालिकामा खानेपानी समस्याको अन्त्य


130
Shares

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा स्थानीय सरकारले बृहत खानेपानी आयोजना सञ्चालन गरेपछि घण्टौँ हिडेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

लामो समयदेखि पानीको अभाव खेप्दै आएका सो ठाउँका सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई अहिले राहत मिलेको छ। नागरिकको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले तेलिया खानेपानी आयोजना सञ्चाल गरेको थियो। खानेपानी आयोजना सञ्चालनसँगै ८ सय परिवार लाभान्भित बनेका छन।

घर-घरमा खानेपानी पुग्नुका साथै करेसाबारीमा तरकारी उत्पादन सुरु भएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । आयोजना सञ्चालनपछि बसाईसराईको संख्यामा समेत कमी आएको उहाँको तर्क छ।