३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


जनकपुरमा मिथिला होली महोत्सव


0
Shares

जनकपुर, फागुन २५ । होलीको पूर्व सन्ध्यामा जनकपुरधाममा दुई दिने मिथिला होली महोत्सव सुरु भएको छ ।

विगतका वर्षमा जस्तै नाट्यकला परिषदद्वारा आयोजना गरिएकोे होली महोत्सवमा होलीसँग सम्बन्धित मैथिली भाषाका लोकगीत र जोगिरा गायन गरिएको हो ।

आइतबार भएको महोत्सवमा जिल्लाका ६ वटा होरैया टीमले सहभागिता जनाएका थिए ।

कार्यक्रम अन्तर्गत सोमबार महामूर्ख सम्मेलन आयोजना गरिने भएको छ ।

सम्मेलनबाट राजनीति र साहित्यमा विशिष्ट योगदान पुर्‍याएकालाई महामुर्खको उपाधिबाट सम्मानित गरिने छ । यसैबीच मिथिला मध्यमा परिक्रमा समेत जनकपुर आइपुगेको छ ।