१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


नेविसंघद्धारा निः शुल्क मास्क वितरण


0
Shares

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट बच्न कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मास्क वितरण शुरु गरेको छ ।

दुजाङ नेता शेर्पाका अनुसार संघले आइतबार राजधानीको बानेश्वरमा एक हजार थान मास्क वितरण गरेको छ ।

भ्याली ईन्जीनियरिङ कलेज एकाइ समितिको आयोजनामा माक्स वितरण कार्यक्रम गरिएको हो ।

नेविसंघ केन्द्रीय महामन्त्री महेश्वरी कुँवर, एकाइ समितिका अध्यक्ष विवेक बस्नेत, नेता शेर्पा दुजाङ शेर्पा लगायतले मास्क वितरण गरेका हुन् ।

‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरस फैलन सक्ने उच्च जोखिममा राखेकाले हामीले मास्क वितरण गरेका हौं’ शेर्पाले बताए ।

देशैभर निः शुल्क मास्क वितरण अभियान नै शुरु गरेको संघले जनाएको छ ।