
काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई पारित गरेको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको कार्यालय सिंहदरवारमा बसेको बैठकले सार्वजनिक ऐन, २०४६ लाई संशोधन गर्न बनेको सार्वजनिक सुरक्षा ऐन २०७५ लाई संशोधनसहित पारित गरेको हो ।
विधेयकमा सांसद संजयकुमार गौतमले संशोधन राखेका थिए । सांसद गौतमले राखेको संशोधनलाई छलफलपछि विधेयकमा समावेश गरिएको छ ।
सांसद गौतमले मूल ऐनको दफा १२ मा प्रस्तावित श्रेस्तेदार र पछिको सम्भव भएसम्म भन्ने शब्द झिक्ने तथा नजिकको नातेदार भन्ने शब्दपछि वा नजरबन्दमा रहेको व्यक्तिले बोलाउन चाहेको व्यक्ति भन्ने शब्दावली थप्नुपर्ने भन्दै संशोधन दर्ता गरेका थिए ।
गृहमन्त्री रामवहादुर थापाले नेपालको संविधान २०७२ अनुकुल बनाउन सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरे ।
संसदले विधेयकलाई संशोधन गर्न राज्यव्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । विधेयक संशोधन सहित समितिबाट पारित भएसंगै संसदमा दर्ता भएको छ ।
विधेयकमाथि छलफल गर्न समितिले गृहमन्त्री रामवहादुर थापा, गृहसचिव र कानुनसचिवलाई समितिमा बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्