Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


सरस्वतीको अपराजित यात्रा निरन्तरता


78
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले आफ्नो चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिँदा अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दा सन्तोष केसी, अनिल गुरुङ र अनुज भण्डारीले गोल गरे ।

यता, समाजिक युथ क्लबका लागि बिकास टिटुङ र बसन्त बहादुर राना एक÷एक गोल फर्काए । लिग अन्तर्गत दिनको दोस्रो खेलमा सरस्वतीले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो । दिनको पहिलो खेलमा नयाँ बस्तीले ब्वाईज युनियन क्लबलाई ३–२ ले पराजित गर्‍यो । लिगमा भोलि पनि तीन खेल हुने छन् ।