२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


व्यवसायी महिलालाई माइती नेपालको सम्मान


0
Shares

काठमाडौं, फागुन २५ । मानव बेचबिखन विरुद्ध कार्यरत माइती नेपालले ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्याङ्जा, कास्की, लमजुङमा होमस्टे सञ्चालन गर्ने महिलालाई सम्मान गरेको छ ।

महिला उद्यमशीलता र पर्यटन व्यवसायमा गरेको योगदानको भन्दै नगद १० हजार र कदर पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सम्मानित महिलाहरु समग्र महिला र देशकै लागि प्रेरणाको स्रोत भएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी होटल एसोसिएसन नेपालका अध्यक्ष सृजना राणाले पनि महिलाहरुले विभिन्न क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए ।