 
	    एजेन्सी । इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।
लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका ११ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राख्न लागिएको हो ।

अनिवार्य क्वारेन्टाइन आजबाट अप्रिल महिनाको शुरुसम्म रहनेछ ।
कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

मानिसहरुलाई सकेसम्म घरभित्र बस्न भनिएको छ भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई तीन महिनाको जेल सजायँको समेत व्यवस्था गरिएको छ ।
फुटबलका सबै प्रतियोगिता स्थगित गर्न लागिएको छ । कोरोना प्रकोपविरुद्ध लड्न अवकाश प्राप्त चिकित्सकहरुलाई समेत काममा फर्कन भनिएको छ ।

इटाली यूरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३० नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ५० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ सयबाट बढेर ५ हजार ८८३ पुगेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३५ सय पुगेको छ ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्