५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


बैतडीमा जिप दुर्घटनाः चालकको मृत्यु, ६ जना घाइते


0
Shares

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा आज बिहान जिप दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । धनगढीवाट दार्चुला जाँदैं गरेको जिप आज बिहान २ बजेतिर पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।