२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पुलिस आहा ! रारा गोल्डकपको सेमिफाइनलमा


0
Shares

पोखरा, फागुन २४ । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा आयोजक सहारा क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित् समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो ।

तर, अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा गरिएको हो ।

घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।