२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘कोरोना’को विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारको आग्रह


0
Shares

काठमाडौं, फागुन २४ । ‘कोरोनाभाइरस’ (कोभिड–१९) का विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति निकालेर गृह मन्त्रालयले भाइरसको संक्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो ।

सरकारले संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न पनि मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।

यस्तै, मन्त्रालयले हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भन्डारणमा कुनैपनि प्रकारको हतार नगर्न पनि आग्रह गरेको छ ।

कसैले कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल र सञ्चारमाध्यमले डर पैदा गर्नेखालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचनामात्रै प्रवाह गर्न पनि आग्रह गरेको छ ।

यसैबीच, होली पर्व नजिकिएसँगै भीडभाड र भेलामा जम्मा हुने, लोला फ्याँक्ने, शरीरमा रङ र अबिर दल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।