 
	    एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् ।
चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ ।
चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार तीन सय पुगेको अधिकारीहरुले जनाएका छन् ।
चीनबाहेक इटाली र इरानमा संक्रमित र मृतकको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानमा एकै दिन एक सय २२ भन्दा बढीको मृत्यु भएको छ भने नयाँ संक्रमितहरुको संख्या पनि बढ्दै गएको बताइएको छ ।
फ्रान्स, दक्षिण कोरिया र भारतमा पनि संक्रमण फैलिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी अमेरिकामा पनि मृत्यु हुनेको संख्या १५ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको संक्रमण फैलिएपछि विभिन्न देशले हवाइ र स्थलगत नाकाहरु बन्द गर्नुका साथै चेकजाँचमा कडाइ गरेका छन् ।
ती देशहरुले अत्यावश्यक बाहेक विदेश नजान आफ्ना नागरिहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी संक्रमण बढ्दै गएपछि शिक्षण संस्था बन्द गर्नुका साथै सार्वजनिक समारोह गर्न र बाहिर हिडडुल गर्न पनि रोक लगाइएको समाचारमा उल्लेख छ ।
यसैबीच चीनमा भने कोरोनाका नयाँ सक्रमितहरु नभेटिएको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्