Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


वैदेशिक रोजगारमा जाने ७५ प्रतिशतले घटे


0
Shares

काठमाडौं । चीनाट सुरु भएको कोरोना भाइरस विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ ।

नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो नै पहिलोपटक हो ।

२०७२ मा नेपालमा आएको भुकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन ।

वैदेशिक रोजगार विभागका महानिर्देहक कुमारप्रसाद दाहालले कोरोना भाइसरको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए ।

यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगार स्थगित गरेको देखिन्छ ।

दाहालले भने, “कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुनसक्छ कोही पनि विदेश जान चाहेको देखिएन ।”

रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ ।

नेपाली युवा पछिल्लो समय दैनिक एक हजारको हराहारीमा वैदेशिक रोजगार जाने गरेका थिए ।

अहिले यो संख्या तीनसय भित्र रहेको विभागले जनाएके छ । नागरिक दैनिकबाट ।