Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘कोरोना’को कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन माग


0
Shares

काठमाडौं, फागुन २३ । अन्तर्राष्ट्रियरुपमा व्यापकरुपमा फैलिरहेको ‘कोरोनाभाइरस’को कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन ‘टान’, ‘हान’, ‘नाट्टा’लगायत पर्यटनसम्बद्ध झन्डै दर्जन संस्थाका प्रतिनिधिहरुले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ मा पर्यटन व्यवसायको लागि दिएको कर्जा तथा व्याजलाई, होटलमा दिइँदै आएको पुर्नकर्जाको व्यवस्था, ट्राभल, पर्यटन, यातायातलगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमासमेत दिने व्यवस्था गर्नुपर्नेलगायतका ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई आवश्यकताअनुसार कटौती गर्न र श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तीमा ५० प्रतिशत राहतको व्यवस्था गरिनुपर्ने पनि उनीहरुको माग छ ।

यस्तै, कोरोनाभाइरसको कारण पर्यटकहरुले बुकिङ रद्द (होटल तथा हवाई टिकट) गरिरहेकोले पुर्नतालिका वा ‘फुल रिफन्ड’को लागि व्यवस्था मिलाउन पनि उनीहरुको सुझाव छ ।

यस्तै, पर्यटन व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत् नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, वार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्न तथा हाललाई एक वर्षको लागि कुनैपनि दन्ड, जरिवाना नगर्न उनीहरुको माग छ ।