
काठमाडौं, फागुन २३ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने बहानामा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने विरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र बनाउने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको सुरक्षा निकायको बैठकले यस्तो निर्णय गरेको हो ।
माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि बैठकले निर्णय गरेको छ । साथै सीमा नाका हुँदै वारपार गर्नेमाथि निगरानी बढाउन पनि गृहमन्त्री थापाले निर्देशन दिए ।
बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायतको उपस्थिती रहेको थियो ।
बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने जनाइएको छ ।
यस्तै कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्व तयारी अवस्थामा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्रीले निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्