
काठमाडौं, फागुन २३ । सरकारले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको जोखिम भएका कारण यस बर्षको औपचारिक कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री गुरुङले महिला अधिकारको सुनिश्चितता र राज्यका हरेक निकायमा महिला सहभागीता बढ्दै गएकाले यसलाई मजबुद बनाउन मन्त्रालयले आवश्यक नीति नियमहरु बनाउदै लगेको बताए ।
पत्रकार सम्मेलनमा महिला अधिकारका लागि लड्ने र महिला अधिकारका लागि काम गर्दै आएका संस्थाहरुका प्रतिनिधिहरुले दिवसको कार्यक्रम स्थगन भएपनि महिलामैत्री कानून तर्जुमा गर्न सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्