१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


विद्यालय बन्द भएको छैन, एसईई परीक्षा निर्धारित समयमा हुन्छ : मन्त्रालय


0
Shares

काठमाडौं, फागुन २३ । शिक्षा मन्त्रालयले विद्यालयहरु बन्द नगरिएको र एसईई परीक्षा पनि निर्धारित समयमा हुने प्रष्ट पारेको छ ।

धनगढी नगरपालिकालगायत केही स्थानीय तहले विद्यालय बन्दको निर्णय गरेपछि फैलिएको हल्लालाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा गर्नुपर्ने र चैत ६ गतेदेखि एसईई परीक्षा शुरु हुने स्पष्ट पारेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्तिमा जारी गर्दै परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने गलत सूचनाको भ्रममा नपर्न सरोकारवाला सवैलाई अनुरोध गरिएको छ ।