
काठमाडौं, फागुन २३ । नेपाल औषधी उत्पादक संघले भने देशमा औषधीको अभाव हुन नदिने जनाएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोना भाइरसको त्रास र भारतले २६ वटा औषधीको कच्चा पदार्थमा रोक लगाए पनि औषधीको अभाव हुन नदिने दावी गरेको हो ।
संघका महासचिव बिप्लव अधिकारीले जुनसुकै मुलुकबाट कञ्चा पदार्थ ल्याएर भए पनि अभाव हुन नदिने बताए ।
तीन महिनाका लागि आवश्यक औषधी, कञ्चापदार्थ, सहायक कञ्चापदार्थ तथा प्याकिङ सामग्रीको मौज्दात रहेको पनि उनले प्रष्ट पारे ।
नेपालमा हाल ६२ वटा एलोपेथिक औषधी उद्योग रहेको र ४२ वटा नयाँ उद्योगहरु निर्माणधीन रहेका छन् । बाहिरबाट आपूर्ति रोकिने अवस्थामा पनि ६ महिना सम्म देश भित्रकै औषधीले थेग्नसक्ने संघका पूर्व अध्यक्ष दिपक दाहालले जानकारी दिए ।
नेपालका उद्योगहरुले हाल ४५ प्रतिशत औषधी उत्पादन गर्दै आएकोले अहिले नै भारतसँग हारगुहार गरिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए ।
कोरोना भाइरसको त्रास बढेपछि बजारमा मास्क, स्यानीटाइजरलगायतका स्वास्थ्य सामग्रीहरुको कृत्रिम अभाव देखाउने होडमा व्यापारीहरु लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्