
पाल्पा, फागुन २३ । तानसेन बुटवल सडक खण्डको लामडाँडामा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका वडा नंं ७ की ५५ बर्षिय मधु श्रेष्ठ रहेकी छन् ।
मोटरसाइकल चालक ६२ बर्षिय हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । लु २ ख ३१७८ नम्वरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्